दफा ३६क
छुट्टै प्रहरी विशेष अदालत गठन गर्ने सकिने
दफा ३६ मा जुनसुकै कुरा लेखिएको भएतापनि प्रहरी नायव निरीक्षक वा सो देखि माथिल्लो दर्जाका अधिकृत र सोही वा तल्लो तहका प्रहरी कर्मचारी समेत संगठित भै यस परिच्छेद अन्तर्गतको कसूर गरेमा त्यस्तो मुद्दाको शुरु कारवाई र किनारा गर्न नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरि छुट्टै प्रहरी विशेष अदालतको गठन गर्न सक्नेछ ।